Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • राजदूत नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री साउद

    राजदूत नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री साउद

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 744
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले राजदूत नियुक्तिमा समावेशी सिद्धान्तलाई सरकारले आत्मसात गरेको बताएका छन् ।

    सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको आजको बैठकमा राजदूत नियुक्ति सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन् ।



    परराष्ट्रमन्त्री साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताए। परराष्ट्रमन्त्री साउदलेले समावेशी सिद्धान्तलाई राजदूत नियुक्त गर्दा पनि व्यवस्थितरूपमा सम्बोधन गर्दै लैजान सरकार पूर्ण प्रतिबद्ध रहेको बताए।



    संविधानले राज्यका सबै क्षेत्रलाई समावेशी बनाउने सिद्धान्त अङ्गीकार गरेपछि नेपाल परराष्ट्र सेवा समावेशिताको नमूनाका रूपमा रहेको उनको भनाइ छ। उनले हाल २६ देशमा कार्यरत राजदूतमध्ये महिला तीन, जनजाति चार, मधेसी एक र अपाङ्गता भएका व्यक्ति एक रहेको समितिलाई जानकारी गराए।

    समितिले विभिन्न मुलुकका लागि प्रस्तावित राजदूत र नियोग प्रतिनिधिउपर परेका उजुरीको अध्ययनपछि समावेशीका विषयमा मन्त्रीलाई आगामी बैठकमा बोलाएर जानकारी लिने निर्णय गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार