Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सरकारका गतिविधिले जनतामा आशा पलाएको छ : प्रधानमन्त्री प्रचण्ड

    सरकारका गतिविधिले जनतामा आशा पलाएको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 816
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका गतिविधिले जनतामा नयाँ आशा पलाएको बताएका छन् ।

    बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरू केन्द्रीय समिति बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘पछिल्लो समय हाम्रो पार्टीको नेतृत्वमा सरकार बनिसकेपछि सरकारका कामकारबाहीबाट जनतामा नयाँ आशा पलाएको छ । सरकारका कारण जनतामा आशा पलाएको छ। भरोसाको स्थितिलाई संगठनमा रूपान्तरण गर्ने र जनताको भरोसा बढाउनुपर्नेछ।’



    प्रधानमन्त्री प्रचण्डले पार्टीको बैठकले जनतामा सरकारप्रति पलाएको आशा र भरोसालाई केन्द्रमा राखेर पार्टीले आगामी रणनीति र कार्यदिशा तय गर्नुपर्ने बताए ।

    उनले भ्रष्टचारविरुद्ध र सुशासनका सवालमा पार्टी नेतृत्वको सरकारले गरेको काम कारबाहीले जनतामा आशा सञ्चार भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार