काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ ।
बुधबार दिउँसो कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय समिति बैठक सुरू भएको हो।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन्।
गत वर्षको असार १९-२१ मा माओवादी केन्द्रीय समिति बैठक बोलाएको थियो ।
बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १०० जना पदाधिकारी तथा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ७५ जना गरी ७ सय ५८ जना सहभागी हुँदैछन् ।