Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • माओवादीको मूलमै समस्या छ, सकिने या सच्चिने अब निर्धारण हुन्छ : दीपशिखा

    माओवादीको मूलमै समस्या छ, सकिने या सच्चिने अब निर्धारण हुन्छ : दीपशिखा

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पार्टीलाई गतिशील बनाउने नीति, रणनीति, कार्यदिशा र कार्यक्रम ल्याउनु पर्ने बताएका छन् ।

    तीनै तहको निर्वाचनपछि पहिलो पटक बस्न लागेको बैठकमा दीपशिखाले अब पार्टी गतिशील हुने बताएका हुन् ।



    संसदीय राजनीतिमा आएको १७ वर्षमा विभिन्न हन्डर ठक्कर खाएको माओवादी सच्चिने कि सकिने भन्नेबारे केन्द्रीय समितिले निर्धारण गर्ने पोलिटब्युरो सदस्य दीपशिखाको भनाई छ ।



    दीपशिखाले भने, ‘माओवादीभित्र मूलमै समस्या छ । मूल नै धमिलो भएपछि अन्य सङ्गठन सङ्लो हुँदैन । माओवादी मात्र होइन सबै पार्टी चल्न सकेको छैन । केन्द्रीय कमिटी बैठकले समग्र पार्टीमा गति पैदा गर्छ र पार्टीले गति लिएपछि सम्पूर्ण जन वर्गीय सङ्गठन गतिशील हुन्छ ।’

    दीपशिखाले मूल नेतृत्वमा देखिएको समस्या हल नभएसम्म पार्टी गतिशील हुन नसक्ने जिकिर गरे ।

    उनले माओवादी मात्र नभई सबै पार्टीभित्र मूल धमिलो भएकाले समस्या आएको बताए ।  पार्टीले जुन गतिका साथ काम गर्नुपर्नेमा त्यसो हुन नसक्दा अहिलेको अवस्था आएको दीपशिखाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार