Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • निर्देशिकाअनुसार नै राजदूत सिफारिस गरिएको हो : परराष्ट्रमन्त्री साउद

    निर्देशिकाअनुसार नै राजदूत सिफारिस गरिएको हो : परराष्ट्रमन्त्री साउद

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले निर्देशिकाअनुसार नै राजदूत सिफारिस गरिएको बताएका छन् । संसदीय सुनुवाइ समितिमा परराष्ट्रमन्त्री साउदले राजदूत नियुक्तिको प्रक्रियाबारे जानकारी गराएका हुन् ।

    परराष्ट्रमन्त्री साउदले राजदूत पदमा ५० प्रतिशत नघट्नेगरी परराष्ट्र सेवाका कर्मचारीलाई नियुक्त गर्नुपर्ने निर्देशिकाको प्रावधान पालना गर्दै अहिले राजदूत सिफारिस गरेको बताए ।



    समितिको बुधबारको बैठक राजदूतको सिफारिसबारे छलफल गर्न परराष्ट्रमन्त्री साउदलाई बोलाएको थियो ।



    परराष्ट्रमन्त्री साउदले भने,’राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाको दफा ३ को उपदफा च को प्रतिबन्धात्मक व्यवस्था अनुसार कूल राजदूत पदको ५० संख्याभित्रको पदहरुमा नियुक्ति परराष्ट्र सेवाका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरुलाई वरिष्ठताको आधारमा राजदूत नियुक्तिका लागि नेपाल सरकारले सिफारिस गरेको हो।’

    सरकारले दुई साताअघि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको नेपाल नियोगमा आवासीय प्रतिनिधिमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सको राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतको राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डको राजदूतमा धनबहादुर ओली र फ्रान्सको राजदूतमा सुधीर भट्टराईको नाम सिफारिस गरेको छ ।

    छलफलमा मन्त्री साउदले प्रशासनिक प्रचलनमा यसको प्रभावकारी सञ्चालनका लागि प्रशासनको पद्धतिअनुसार राजदूतहरु व्यस्थापन गर्नुपर्ने बताए ।

    उनले नेपालको संविधानले राज्यका सबै क्षेत्रहरुलाई समावेशी बनाउने सिद्धान्त अंगीकार गरेपछि नेपाल परराष्ट्र सेवा समावेशीताका नमूनाको रुपमा रहेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार