भोजपुर । साथीको हत्या गरेको आरोपमा पक्राउ परेका पाँच युवक कारागार चलान भएका छन्।
जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो। उमेर नपुगेका एक जनालाई बाल सुधारगृह विराटनगर पठाइएको छ।
भोजपुर नगरपालिका–११ का २२ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका २३ वर्षीय उमेश कार्की, सोही ठाउँका १६ वर्षीय बालक, वडा नं १२ का २९ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका ३२ वर्षीय मणि प्रधान र मोरङको सुन्दर हरैचा नगरपालिका–८ का २२ वर्षीय रोजिश कार्कीलाई कारागार पठाइएको छ ।
उनीहरुविरुद्ध ज्यानसम्बन्धी कसुर तथा हातहतियार खरखजना मुद्दाअन्तर्गत अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
असार २२ गते भोजपुर–१२ पैयापानीका १९ वर्षीय दिप्सन प्रधानसहित सातजना वडा नं ११ र १२ को सिमानामा रहेको अखुवा खोलामा माछा मार्न गएका थिए।
६ जना साथी घर फर्किए पनि प्रधान नआएपछि खोजी गर्दा उनी भोजपुर–१२ अखुवा खोलाको किनारमा बालुवाले पुरिएको अवस्थामा फेला परेका थिए।
Leave a Reply