Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज संसदीय सुनुवाइ समितिमा जवाफ दिँदै परराष्ट्रमन्त्री साउँद

काठमाडौं । संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दैछ । प्रस्तावित ६ राजदूतमाथि परेका उजुरीमाथि छलफल गर्न बिहान ११ बजे समितीको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा परराष्ट्रमन्त्री र ३ जना प्रस्तावित राजदूतलाई बोलाइएको समिति सदस्य ईश्वरी घर्तीले जानकारी दिइन् । हिजो बसेको समितीको बैठकमा राजदुत सिफारिसमा समावेशी नभएको भन्दै प्रश्न उठेको थियो ।

सांसदहरूले प्रस्तावित राजदूतको सूची समावेशी नभएको भनेर प्रश्न उठाएपछि समितिका ज्येष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले परराष्ट्र मन्त्रीलाई बोलाउने निर्णय सुनाएका थिए ।

बुधबारको बैठकमा समावेशिताको विषयमा परराष्ट्रमन्त्री एनपी साउदले जवाफ दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077