Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीको स्थायी कमिटी बैठक बस्दै, केन्द्रीय समितिको एजेण्डा अनुमोदन गरिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।

केन्द्रीय कमिटीको एजेण्डा पारित गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजे बैठक बस्न लागेको हो । बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्नेछ ।

यसअघि पदाधिकारी बैठकमा पटक पटक छलफल, सुझाव र सल्लाहसहितको प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको थियो । सो प्रतिवेदनलाई प्रचण्डले अन्तिम रूप दिएपछि स्थायी कमिटी बैठकले अनुमोदन गर्न लागिएको हो ।

केन्द्रीय समिति बैठक बिहान ११ बजे प्रज्ञाभवन कमलादीमा बस्दैछ ।

५ दिनसम्म सञ्चालन हुने बैठकले संगठनात्मक स्वरूप, आगामी कार्यदिशा, कार्यक्रम, विधान सम्मेलनबारे निर्णय हुनेछ । माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठक पहिलोपटक लाइभ गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077