Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • उपसचिव विष्ट दम्पतीलाई भ्रष्टाचार मुद्दामा सफाइ, २२ वर्षमा उपत्यकासहित २२ स्थानमा घरजग्गा !

    उपसचिव विष्ट दम्पतीलाई भ्रष्टाचार मुद्दामा सफाइ, २२ वर्षमा उपत्यकासहित २२ स्थानमा घरजग्गा !

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 2K
    SHARES

    काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन मुद्दाका प्रतिवादी हेमराज विष्टदम्पतीलाई सफाइ दिएको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य बलभद्र बास्तोलाको इजलासबाट यस्तो फैसला भएको हो ।

    मंगलबार विशेषले उपसचिव स्तरका विष्ट र उनकी श्रीमती रुबी जिसीलाई समेत यस मुद्दामा अभियोग ठहर नहुने फैसला सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ पुस २०७८ मा विष्ट दम्पत्तिविरुद्ध मुद्दा चलाएको थियो ।



    विष्टले अवैध रूपमा आर्जन गरेको सम्पत्ति श्रीमतीका नाममा राखेको भन्दै उनलाई समेत प्रतिवादी बनाइएको थियो । सार्वजनिक सेवामा प्रवेश गरेको २२ वर्षमा उनको वैध आय १७ करोड ३७ लाख रुपैयाँ हुनुपर्नेमा २४ करोड २४ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति, लगानी र व्यय गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो।



    सुदूरपश्चिम प्रदेश सरकारको वन निर्देशनालयका निमित्त वन निर्देशक रहेका बेला उनीमाथि अख्तियारले मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार