काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सात सय ५८ जना सहभागी हुने भएका छन् ।
बुधबारदेखि प्रज्ञाभवन कमलादीमा बिहान ११ बजे देखि सुरु हुने बैठकमा केन्द्रीय समिति, केन्द्रीय विभाग र प्रदेश पदाधिकारी सहभागी हुने भएका हुन् ।
केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९८, तीनवटा आयोगबाट ७५ र प्रत्येक प्रदेशबाट एक सय जना सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।
माओवादी केन्द्रमा अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन अयोग रहका छन् ।
७ वटा भौगोलिक प्रदेशबाहेक उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास गरी तीनवटा गैर भौगोलिक प्रदेश समिति रहेका छन् ।