Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • सुन तस्करी प्रकरण

    छानबिन समिति गठन नभएसम्म संसद् चल्न दिँदैनौं : महेश बर्तौला

    छानबिन समिति गठन नभएसम्म संसद् चल्न दिँदैनौं : महेश बर्तौला

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 729
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले सुन तस्करीबारे अध्ययन गर्न समिति नबनाए संसद् चल्न नदिने बताएका छन् ।

    सचेतक बर्तौलाले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि नबढाए संसद् चल्न नदिने एमालेको अडान कायमै रहेको बताएका हुन् ।



    प्रतिनिधि सभा बैठकको तयारीका लागि बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा दलको अडान कायम राखेको उनले बताए ।



    प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइए पनि कार्यव्यवस्था समितिको बैठक लम्बिएकाले सुरू भएको छैन।

    सुन प्रकरणबारे संसदीय समिति बनाउन माग गर्दै एमालेले प्रतिनिधिसभा अवरोध गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार