Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा अध्यक्ष लिङ्देनले भने - कोशीमा सत्ता प्राप्तिका लागि गठबन्धन असंवैधानिक ढंगले अगाडि बढ्यो

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सभामुखको राजीनामा गराए प्रदेश संवैधानिक जटिलतातर्फ जाने बताएका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । अध्यक्ष लिङ्देनले सभामुखलाई राजीनामा गर्न लगाएर कांग्रेस असंवैधानिक र अमर्यादित ढंगले अगाडि बढेको बताए ।

अध्यक्ष लिङ्देनले भने,'जसरी पनि सत्तामा पुग्न सभामुख बाबुराम गाैतमलाई राजीनामा गराएपछि विश्वासकाे मत लिन बस्ने प्रदेशसभा बैठककाे अध्यक्षता एमालेले गरिदिन्छ ? एमालेले सभाकाे अध्यक्षता नगरिदिए प्रदेश जटिलतातर्फ जाँदैन ?'

उनले गठबन्धन दलका शीर्ष नेताहरूसँगको छलफलमा पनि सभामुखलाई राजीनामा गराएर संवैधानिक जटिलता ननिम्त्याउन सुझाव दिइएको बताए ।

राप्रपालाई अहिले सत्ता पहिलाे प्राथमिकता नभएकाे र यसअघिका सरकारमा बसेर काम गर्ने प्रयास गरेकाे तर त्याे नटिकेकाले सरकारमा नजाने लिङ्देनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077