विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले कांग्रेसले अर्मादित खेल खेल्न लागेको बताए छन् ।
आज विराटनगर विमानस्थलमा बोल्दै संसदीय दलका नेता कार्कीले यस्तो बताएका हुन् । कार्कीले सभामुखलाई राजीनामा गराएर सत्तामा जान खोजेर कांग्रेसले अमर्यादित खेल खेलेको आरोप लगाए ।
उनले भने,‘कांग्रेस र एमाले मिलेर मुलुकुको राजनीतिक संकमण जस्तो अवस्था छ, अन्योलको अवस्था छ, यसबाट बाहिर निकाल्न सक्नुपर्छ । तर, कांग्रेस तत्काल मिलेर अघि जाने अवस्थामा देखिएको छैन ।’
कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक सङ्कटबाट बाहिर निस्कन कांग्रेस र एमाले मिल्नुपर्नेमा जोड दिए । प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका पाँच बजे सकिंदैछ ।
सत्तारुढ गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर सरकारमा दाबी पेस गर्ने तयारी गरेको छ ।
Leave a Reply