काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँ मूल्य बढेको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम छ ।
हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ थियो ।
हिजो सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको थियो । यस्तै, २५ रुपैयाँले बढेको चाँदीको कारोबार आज तोलामा १४ सय ७५ रुपैयाँमा भइरहेको छ ।
हिजो सोमबार चाँदीको कारोबार मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ थियो ।
Leave a Reply