Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • डोजर तेर्स्याएर निर्माण व्यवसायीद्धारा विरोध प्रदर्शन

    डोजर तेर्स्याएर निर्माण व्यवसायीद्धारा विरोध प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 999
    SHARES

    काठमाडौं । निर्माण व्यवसायीहरूले निर्माण यन्त्र र औजार सहित बालुवाटारमा प्रदर्शन गरेका छन् ।

    व्यवसायीहरुले डोजर लगायतका निर्माण यन्त्रहरुसहित प्रधानमन्त्री निवास नजिक विरोध प्रदर्शन गरेका हुन् । मंगलवार उनीहरू ४ वटा डोजर सहित बालुवाटारमा प्रदर्शनमा उत्रिएका छन् ।



    प्रधानमन्त्री र केन्द्र सरकारको ध्यानाकर्षण गर्नको लागि बालुवाटारमा धर्ना दिइएको जारी विज्ञप्तिमा उल्लेख छ । व्यवसायीहरूले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् ।



    व्यवसायीहरुले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, उपभोक्ता समितिबाट हुने निर्माण कार्य खारेज गरलगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार