Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • हेलिकोप्टरमार्फत सुत्केरी र बच्चाको उद्धार

    हेलिकोप्टरमार्फत सुत्केरी र बच्चाको उद्धार

    अनलाइन नेपाल
  • सोमबार, १५ साउन २०८०
  • 849
    SHARES

    किमाथांका । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट सुत्केरी र बच्चाको उद्धार गरिएको छ । पाँचखपन नगरपालिका–७, जलजलाकी २६ वर्षीय सुत्केरी सीता थापा खड्का र बच्चाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय सङखुवासभाका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए।

    सुत्केरी खड्का र बच्चाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो । सुत्केरी भएको १५ मिनेटपछि बच्चाको फोक्सोमा समस्या देखिएको थियो ।



    बच्चालाई मुटु र फोक्सोमा समस्या भएपछि जिल्ला अस्पतालमै केही बेर आईसीयू र तीन घण्टा भेन्टिलेटरमा राखिएको जिल्ला अस्पताल सङ्खुवासभाका मेडिकल अधिकृत प्रदीप सिलवालले जानकारी दिए।



    बच्चाको मुटु र फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको मेडिकल अधिकृत सिलवालले बताए। सुत्केरी खड्काको आज बिहान साढे १० बजे शल्यक्रियामार्फत बच्चा निकालिएको अस्पतालले जनाएको छ ।

    सङ्खुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म एक दर्जनभन्दा बढी सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरिएको छ ।

    सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागी बच्चा जन्माउन कठिनाइ भएका, गर्भमा नै बच्चाको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै आएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार