Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • सभापति देउवा भन्छन् – राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य हो

    सभापति देउवा भन्छन् – राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य हो

    अनलाइन नेपाल
  • सोमबार, १५ साउन २०८०
  • 858
    SHARES

    नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य भएको बताएका छन् ।

    कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ नुवाकोटले सोमबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा देउवाले सो कुरा बताएका हुन् ।



    उनले संविधानको सफल कार्यान्वयन गर्दै राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य भएको बताए ।



    मुलुकमा स्थायी शान्ति स्थापना गर्नुपर्ने र आपसी द्वन्द्वलाई समाप्त पार्दै संघीय गणतन्त्रलाई सुदृढ गर्नुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार