Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सत्ता गठबन्धन पाँच वर्ष टिक्ने प्रधानमन्त्री प्रचण्डको दाबी

    सत्ता गठबन्धन पाँच वर्ष टिक्ने प्रधानमन्त्री प्रचण्डको दाबी

    अनलाइन नेपाल
  • सोमबार, १५ साउन २०८०
  • 600
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना नरहेको बताएका छन्।

    सोमबार साउन १५ का अवसरमा सिंहदरवारस्थित खिर खाने कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष जान्छ । त्यसमा दायाँबायाँ हुँदैन । अब ढुक्कसँग काम गर्नुस् बीचमा थोरै गठबन्धन के होला जस्तो भयो । अब सबै अन्योल हटेको छ ।’



    प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले पाँच वर्षसम्म सरकार कायम रहने बताए। उनले गठबन्धन सरकार निर्माणका लागि मात्रै बनेको नभई जनताका समस्या समाधान गर्न समेत प्रतिवद्ध रहेको बताए।

    प्रधानमन्त्री प्रचण्डले हिजोमात्र प्रधानमन्त्री कार्यालयलाई कसरी व्यवस्थित गर्ने भनेर छलफल गरिएको भन्दै खिर खाने कार्यक्रम राखेर राम्रै भएको बताए ।

    साउन २ देखि १० गतेसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकमा गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको भन्दै उनले कांग्रेसकै सहमतिमा समाजवादी मोर्चा समेत बनेकाले गठबन्धन ५ वर्ष जानेमा कुनै शंका नगर्न प्रचण्डको आग्रह छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार