काठमाडौं । नेपालका स्ट्राइकर मनिष डाँगी थाइल्यान्डको दोस्रो डिभिजन क्लबसँग आबद्ध भएका छन् ।
हाल थाइल्यान्डको दोस्रो डिभिजनको लिग खेलिरहेको रायोङले मनिषसँग सम्झौता गरेको हो ।
गत सिजनको सहिद स्मारक ए डिभिजन लिग संकटाबाट खेलेका २१ वर्षीय मनिषले राष्ट्रिय टिमबाट १७ खेलमा ३ गोल गरिसकेका छन्।
गत वर्ष नेपाली राष्ट्रिय टिमले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्नुअघि नगावर्ल्ड एफसीसँग अभ्यास खेल खेलेको थियो।
डाँगीलाई २०७७ को चैतमा तत्कालिन प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक राष्ट्रिय टिममा स्थान दिएका थिए।
Leave a Reply