काठमाडौं । निर्माण व्यवसायीहरुले ठेक्काको बिभिन्न माग राख्दै प्रदर्शन गरेका छन् ।
व्यवसायीहरूले बाँकी रकम भुक्तानीको माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघको ब्यानरमा भएको प्रदर्शनमा सहभागीहरुले निर्माण कार्यको बाँकी रकमको भुक्तानी, म्याद थप, मूल्य समायोजन, उपभोक्ता समिति खारेज लगायतका नौ बुँदे माग राखेका छन् ।
निर्माण व्यवसायीहरूले कतिपय निर्माण सम्पन्न भइसकेका योजनाहरूको समेत भुक्तानी नदिको भन्दै सरकारको तीव्र आलोचना गर्दै आएका छन्।
Leave a Reply