Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेट, संसदको अवरोध खुलाउनेबारे छलफल

    प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेट, संसदको अवरोध खुलाउनेबारे छलफल

    अनलाइन नेपाल
  • सोमबार, १५ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच आज बिहान भेटवार्ता भएको हो ।



    उनीहरुबीच संसदको अवरोध हटाउने र मंगलबार प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकको विषयमा छलफल भएको बालुवाटारले जनाएको छ ।



    नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर संसदमा अवरोध गरेको छ ।

    एमालेले आज बस्ने प्रतिनिधि सभा बैठक अवरोध गर्ने तयारी गरेका बेला प्रचण्ड र ओलीबीच छलफल भएको छ ।

    आइतबार पनि ओलीले प्रचण्डलाई भेटेर परिषद् बैठक डाँकी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउन दबाब दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार