Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वार्थ बाझिने अर्थ समितिको सभापतित्व गर्दै चौधरी, विपक्षी र आफ्नै पार्टीका सांसदको विरोध

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरी सांसदको असन्तुष्टिबीच प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सभापतित्व गर्ने तयारी थालेका छन् ।

विपक्षीको विरोध र आफ्नै पार्टीका सांसदको असन्तुष्टिबीच उनले जेष्ठ सदस्यका रूपमा समितिको सभापतित्व गर्न लागेका हुन् ।

स्वार्थ बाझिने भएकाले चौधरीले समितिको सभापतित्व गर्ने मात्रै होइन, समितिमै बस्न पनि नमिल्ने भनेर विरोध हुँदै आएको छ । यद्यपि, उनले बैठकको सभापतित्व नै गर्न लागेका हुन् ।

प्रतिनिधिसभा अन्तर्गतका समितिहरूको सभापति चयन नहुँदासम्म समितिका जेष्ठ सदस्यले बैठकको सभापतित्व गर्नुपर्ने प्रतिनिधिसभा नियमावलीमा उल्लेख छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077