Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • पाकिस्तान विस्फोटमा मारिनेको संख्या ४४ पुग्यो

    पाकिस्तान विस्फोटमा मारिनेको संख्या ४४ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, १५ साउन २०८०
  • 738
    SHARES

    एजेन्सी । इस्लामिक पार्टीद्वारा आयोजना गरिएको एक कार्यक्रममा विस्फोट हुँदा पाकिस्तानमा कम्तिमा ४४ जनाको मृत्यु भएको छ ।

    उत्तर–पश्चिम बाजुर जिल्लामा जामियात उलेमा–ई–इस्लाम–फजलको कार्यक्रममा विस्फोट हुँदा १ सय जनाभन्दा बढी घाइते भएका छन् ।



    प्रहरीले यो सम्भावित आत्मघाती विस्फोट भएको प्रमाणहरु फेला परेको जनाएको छ । सबै घाइतेहरुलाई उद्धार गरी अस्पताल पुर्‍याइएको अधिकारीहरुको भनाई छ ।



    तर मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले बताएको छ । कम्तिमा १५ जनाको अवस्था चिन्ताजनक रहेको छ । के कारणले विस्फोट गराइयो भन्ने खुलेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार