Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सुन तस्करको कनेक्सन माओवादी नेतासम्मै, अनुसन्धान अवरुद्ध हुने खतरा !

    सुन तस्करको कनेक्सन माओवादी नेतासम्मै, अनुसन्धान अवरुद्ध हुने खतरा !

    अनलाइन नेपाल
  • सोमबार, १५ साउन २०८०
  • 765
    SHARES

    काठमाडौं । राजस्व अनुसन्धान विभागले १ सय किलो सुन तस्करी प्रकरणमा आइतबार दावा छिरिङलाई पक्राउ गरेसँगै यो प्रकरणमा राजनीतिक संलग्नता देखिएको छ ।

    दावा पक्राउ परेसँगै अनुसन्धानलाई फराकिलो बनाउनसके यसको राजनीतिकलगायत सम्पूर्ण जालो पत्ता लाग्न सक्ने र अनुसन्धान टुंगोमा पुग्न सक्ने विश्वास गरिएको छ । तर, यो प्रकरणमा सत्तारुढ माओवादी केन्द्रकै नेताहरूको संलग्नता देखिएकाले अनुसन्धान अवरुद्ध हुने खतरासमेत बढेको छ ।



    सुन तस्करीको आरोपमा ठमेलबाट पक्राउ परेका दावा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याएर कारोबार गराउने एजेन्ट भएको स्रोतको दाबी छ ।



    उनको कनेक्सन माओवादी केन्द्रका नेताहरूसँग देखिएको छ । राजस्व अनुसन्धान विभागका अधिकृतहरूले दावा सुन तस्करीमा संलग्न भएको यथेष्ट प्रमाणहरू फेला परेकाले पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

    दावा चिनियाँ मूलका भए पनि उनीसँग नेपाली नागरिकतासमेत रहेको बताइएको छ । विभागका एक अनुसन्धान अधिकृतले पक्राउ परेका दावा सुन तस्करी प्रकरण गिरोहका प्रमुखमध्येका एक सदस्य रहेको हुन सक्ने बताए । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार