Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिक उन्मुक्ति र सद्भावना पार्टीबीच एकता

जनकपुरधाम । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकता भएको छ।

आइतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले एकीकरण भएको घोषणा गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी र नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोले पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षरसमेत गरेका छन्।

एकता महाधिवेशनसम्मका लागि एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नै रहने सहमति पनि भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077