Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • भ्रष्टाचारविरुद्धको लडाई रोकिनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड

    भ्रष्टाचारविरुद्धको लडाई रोकिनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 759
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रको सम्मृद्धि र विकास निर्माणका लागि भ्रष्टाचारविरुद्धको लडाई जित्नै पर्ने बताएका छन् ।

    आइतबार समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘भ्रष्टाचारविरोधी वा तस्करीका विरुद्ध जेहाद छेडिँदैछ । यो कदम यहि रोकिँदैन, रोकिनेवाला छैन निरन्तर अगाडि बढनेवाला छ।’



    प्रचण्डले यो कुनै आवेग र राजनीतिक स्टण्ट पनि नभएको बताए । प्रधानमन्त्री प्रचण्डले लाखौं जनताको सपना साकार पार्ने अभियान सुरु भएको भन्दै आउने दिनमा अरु भ्रष्टाचारका फायल खुल्दै जाने पनि बताए ।

    उनले आम जनताको साथ पाएपछि भ्रष्टाचारविरुद्धको व्याटल जितिने बताए । प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार