Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • ऋणीको घरजग्गा कब्जा गर्दै बलात्कार गर्ने मालीविरुद्ध जाहेरी दर्ता

    ऋणीको घरजग्गा कब्जा गर्दै बलात्कार गर्ने मालीविरुद्ध जाहेरी दर्ता

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । बलात्कार गर्दै घरजग्गा नै कब्जा गर्ने मिटरब्याजी सुर्जमान मालीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

    जिल्ला प्रहरी परिसर ललितपुरमा पुगेर पीडितले मालीविरुद्ध मानवबेचबिखन तथा ओसारपसार विरुद्धको कसुरमा किटानी जाहेरी दिएकी हुन् ।



    पीडितले मालीसँगै धापाखेलका उमेश शाहीविरुद्ध पनि जाहेरी दिएकी छन् । पीडितका अनुसार, उनी २०७५ सालको अन्तिमदेखि ०७६ साउनसम्म पटकपटक बलात्कारमा परेकी थिइन् ।



    मालीले सुरुमा आफूले बलात्कार गरेको त्यसपछि अन्य व्यक्तिलाई भेट्न पठाएर समेत जबरजस्ती करणी गराएको पीडितको भनाइ छ । पाँच लाख रुपैयाँ ऋण तिर्न नसक्दा ऋणीको घरजग्गा कब्जा गर्नुका साथै पीडित महिलालाई सूर्जमानले पटक–पटक बलात्कार गरेको आरोप छ ।

    मिटरब्याजी सुर्जमान मालीसँग सपनाले २०७६ मा ५ लाख रुपैयाँ ऋण लिएकी थिइन्। उनले २ लाख रुपैयाँ तिरेकी पनि थिइन्। तर सूर्जमानले भने ५ लाख ऋणलाई ६५ लाख ऋण लिएको भनेर नक्कली तमसुक बनाएर ती महिलाको घरजग्गा नै हत्याएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार