Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • बसपार्कमा यात्रु तानातान गर्नेलाई कारवाही गर्दै प्रहरी

    बसपार्कमा यात्रु तानातान गर्नेलाई कारवाही गर्दै प्रहरी

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 888
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख–हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुको झोला तानेर दुःख–हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल अधिकारीले विभिन्न स्थानबाट काठमाडौं आएका यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख–हैरानी दिने ट्याक्सी चालक, होटेल सञ्चालक र होटेलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए ।



    प्रहरीले शनिबार मात्र नयाँ बसपार्कबाट १० जनालाई नियन्त्रणमा लिएको छ । तीमध्ये चारजना होटेल सञ्चालक रहेका छन् ।



    “सुरुको समयमा सम्झाइबुझाइ गरेर छाडेका छौँ । उक्त घटना दोहोरिएको खण्डमा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ,” उनले भने । प्रहरीले उक्त अभियानलाई निरन्तरता दिने उनको भनाइ छ ।

    नेपाली होटेल व्यवसायी संघका अध्यक्ष गणेश ढकालले होटेल व्यवसायी संघ र नेपाल प्रहरीको संयुक्त टोलीले यात्रुलाई दुःख–हैरानी दिनेलाई कारबाहीका लागि अभियान सञ्चालन गरेको बताए । यात्रुलाई दुःख तथा हैरानी दिने जो कोहीलाई कारबाही हुनुपर्ने उनको भनाइ छ ।

    “यात्रुले सुरुमै आफ्नो गन्तव्यस्थल पहिचान गरी काठमाडौं आएका हुन्छन्, उनीहरूलाई बसपार्कमा गएर जथाभावी झोला तान्ने तथा दुःख–हैरानी दिने काम गर्नु हुँदैन । यात्रु पनि कुनै किसिमको प्रलोभनमा पर्नु हुँदैन,” उनले भने ।

    संघले पछिल्लो समय होटेल क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न तथा व्यवस्थित रूपमा होटेल सञ्चालन गर्नका लागि होटेलमा अनिवार्य रूपमा सीसी क्यामेरा जडान गर्ने कामलाई समेत अगाडि बढाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार