Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • नेत्री सुचीलाई कारागारबाट सरकारी भवनमा सारियो

    नेत्री सुचीलाई कारागारबाट सरकारी भवनमा सारियो

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 1.7K
    SHARES

    एजेन्सी । सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई कारागारबाट सरकारी भवनमा सारिएको छ ।

    नेश्नल लिग फर डिमोक्रेसीका एक अधिकारीका अनुसार सोमवार राति नेत्री सुचीलाई उच्चस्तरीय परिसरमा सारिएको हो । उनले तल्लो सदनका सभामुख ति खुन म्याटसँग भेटवार्ता पनि गरेकी छन् ।



    उनले चीनका एसियाली मामिलासम्बन्धी विशेष दूत देङ सिजुआनलाई पनि भेट्ने सम्भावना रहेको ती अधिकारीले पुष्टि गरेका छन् ।



    यसै महिना थाइल्यान्डका विदेशमन्त्रीले उनीसँग भेटवार्ता गरेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार