Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दै सकियो माओवादी पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको शनिबारको पदाधिकारी बैठक सकिएको छ । आइतबार पनि बस्ने गरी पदाधिकारी बैठक सकिएको हो ।

साउन १७ गतेदेखि सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई लक्षितग गरेर बसेको शनिबारको पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन लगायतका विषयमा छलफल भएको छ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष इटाली प्रस्थान गर्नुअघि बसेको पदाधिकारी बैठकमा ती प्रतिवेदनको गृहकार्य गर्न भनिएको थियो।

सोही अनुसार शनिबारको बैठकमा लिखित र मौखिक सुझाव प्रस्तुत भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077