Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • भ्रष्टाचारविरुद्धको अभियान निरन्तर जारी रहन्छ : गृहमन्त्री श्रेष्ठ

    भ्रष्टाचारविरुद्धको अभियान निरन्तर जारी रहन्छ : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शनिबार, १३ साउन २०८०
  • 942
    SHARES

    काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैप्रति कृपा गर्नका लागि सरकारले भ्रष्टाचारविरुद्धको अभियान नरोक्ने बताएका छन् ।

    शहीद पार्क जगडोलमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले भने,’सरकारको यो अभियानले युवाहरुमा अब देशमै केही हुन्छ भन्ने आशा पलाएको छ । कता कता यसले क कसलाई तान्ने हो भनेर विभिन्न त्यान्द्रो जोडिएकाहरुबाट सचेत हुनुपर्छ । सरकारको यो अभियानलाई रोक्न त्यो कृपा कसैप्रति हामी गर्न सक्दैनौं । जुनसुकै पार्टी,घराना,नाता सबन्ध,साथी सँगी होस कसैसँग सरकारलाई मतलब छैन । जो अनुसन्धानको दोषी देखिन्छ कानूनको दायरमा ल्याइनेछ ।’



    गृहमन्त्री श्रेष्ठले कसैप्रति कृपा गर्नका लागि सरकारले भ्रष्टाचार,व्यथिती र ठगीविरुद्धको अभियान नरोक्ने प्रष्ट पारे ।

    सरकारको भ्रष्टाचार विरोधी अभियानले आम जनता र युवाहरुमा अब देशमा केही हुन्छ भन्ने आशा पैदा भएको गृहमन्त्री श्रेष्ठले दाबी गरे। गृहमन्त्री श्रेष्ठले निर्दोषलाई सरकारले नफसाउने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार