काठमाडौं । मिटरब्याजी सुर्जमान मालीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार गर्दै घरजग्गा नै कब्जा गर्ने मिटरब्याजी सुर्जमान ललितपुरको थेचोबाट पक्राउ परेका हुन् ।
पाँच लाख रुपैयाँ ऋण तिर्न नसक्दा ऋणीको घरजग्गा कब्जा गर्नुका साथै पीडित महिलालाई सूर्जमानले पटक–पटक बलात्कार गरेको आरोप लागेको छ ।
उनले पाँच लाख ऋणमा करिब ८० लाखको घरजग्गा कब्जा गरेको आरोप छ। प्रहरी स्रोतका अनुसार अहिलेसम्म पीडित भनिएकी महिलाको जाहेरी परेको छैन । प्रहरी जाहेरी कुरेर बसेको छ ।
शुक्रबार मात्रै ती महिलाले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर घटनाबारे जानकारी गराएको बुझिएको छ ।
Leave a Reply