Online Nepal
  • बुधबार, १० पुष २०८१
  • जानकी मन्दिरमा अश्लील भिडियो बनाएर टिकटकमा पोष्ट गर्ने यादव पक्राउ

    जानकी मन्दिरमा अश्लील भिडियो बनाएर टिकटकमा पोष्ट गर्ने यादव पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 1.2K
    SHARES

    धनुषा । जनकपुरको जानकी मन्दिर परिसरमा अश्लील भिडियो बनाएर टिकटकमा पोष्ट गर्ने एक युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका-६ पोखरभिण्डा बस्ने अन्दाजी १८ वर्षीय अनिरुद्र यादव रहेका छन् ।



    यादवले एक युवतीसँग मन्दिरको विवाहमण्डप परिसरभित्र अश्लील हर्कत गर्दै टिकटक भिडियो पोष्ट गरेका थिए ।



    भिडियोमा तीन जनाको संलग्नता रहेको पाइएकाले भिडियोमा देखिएकी महिला र भिडियो खिच्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    उनको टिकटकलाई लिएर सामाजिक सञ्जालमा विरोध भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार