Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • परराष्ट्रमन्त्री साउदको निर्वाचन खर्च २१ लाख ५९ हजार, सबैभन्दा बढी खर्च इन्धनमा

    परराष्ट्रमन्त्री साउदको निर्वाचन खर्च २१ लाख ५९ हजार, सबैभन्दा बढी खर्च इन्धनमा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 813
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले जरिवाना तिराउने निर्णय गरेपछि परराष्ट्रमन्त्री एनपी साउदले फेरि आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन्।

    यसअघि आयोगमा खर्चको विवरण बुझाइसकेको भन्दै परराष्ट्रमन्त्री साउदले सामाजिक सञ्जालमार्फत् खर्च विवरण सार्वजनिक गरेका हुन् ।



    कञ्चनपुर क्षेत्र नम्बर २ बाट विजयी साउदले गत निर्वाचनमा २१ लाख ५९ हजार चार सय २८ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक छन् । निर्वाचन खर्च सार्वजनिक नगरेको भन्दै आयोगले केही दिनअघि उनीसहित २४ सय ३५ उम्मेदवारहरुलाई जनही १५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो।



    उनले भनेका छन्, ‘मैले निर्वाचन आयोगमा २०७९ पुस २५ गते आफ्नो खर्च विवरण बुझाइसकेको थिएँ। बुझाएको विवरण सार्वजनिक गरेर आयोगलाई समेत त्यससम्बन्धी जानकारी गराउनु पर्ने रहेछ यसअघि निर्वाचन कार्यालय कञ्चनपुरमा बुझाइसकेको खर्च विवरण सामाजिक सञ्जाल, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कृष्णपुर नगरपालिका कार्यालयको सूचना पाटी, जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको सूचना पाटीमार्फत पुनः सार्वजनिक गरेको छु।’

    साउदले इन्धनमा सबैभन्दा बढी ६ लाख ७८ हजार २८ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको खर्च विवरणअनुसार उनले उम्मेदवारी दर्तामा १० हजार रुपैयाँ खर्च भएको जनाएका छन्। नमुना मतपत्र र आफ्नो घोषणा पत्र छपाइमा ५ लाख १७ हजार ५ सय खर्च भएको उनले जनाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार