Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक स्थगित

काठमाडौं । गणपूरक सङ्ख्या नपुग्दा सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभा अन्तर्गत रहेको लेखा समितिबो बैठकमा आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको हो ।

शुक्रबार बिहान साढे ११ बजे बसेको बैठकमा आवश्यक गणपूरक सङ्ख्या १४ जना संसद् नपुग्दा बैठक बस्न सकेन् । बैठकमा सहभागी हुन १३ जना सांसद सहभागी थिए ।

आजको बैठकमा समितिको आन्तरिक कार्यविधि र आएका उजुरीहरूका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो । बैठक स्थगित भएपछि अर्को बैठक आइतबारका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077