Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • लम्पी स्किन रोग अनुमान गरे भन्दा बढी फैलियो, रोक्न सरकार प्रयासरत छ : प्रधानमन्त्री प्रचण्ड

    लम्पी स्किन रोग अनुमान गरे भन्दा बढी फैलियो, रोक्न सरकार प्रयासरत छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 507
    SHARES

    काठमाडौं । नेपालमा अहिले गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसलाई रोक्न धेरै हदसम्म प्रयास गरिएको बताएका छन् ।

    इटालीबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै प्रचण्डले सरकारले लम्पी स्किन रोकथाम गर्न सरकार प्रतिबद्ध भएको बताएका हुन् ।



    यसलाई रोक्न सरकार लाग्दै नलागेको भन्न नमिल्ने भन्दै लम्पी स्किनको बारेमा क्याबिनेटमा र मन्त्रालयमा लगातार छलफल गरी राखेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘लम्पी स्किनको बारेमा पहिले क्याबिनेटमा र मन्त्रालयमा लगातार छलफल गरी राखेका छौँ । धेरै हदसम्म रोक्न प्रयास गरिएको छ । यो रोग हामीले अनुमान गरे भन्दा बढी फैलियो। हामी सबै पक्ष मिलेर निदान गर्न अझै मेहनत गर्नुपर्छ।’

    यो रोग अनुमान गरे भन्दा बढी फैलिएको र हजारौँ गाईहरू भ्याक्सिनबाट उपचार प्रक्रियाद्वारा निको भएको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार