Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • विश्व शान्ति स्थापनामा नेपालले पुर्याएको योगदानबारे राष्ट्रसंघ सकारात्मक छ : प्रधानमन्त्री प्रचण्ड

    विश्व शान्ति स्थापनामा नेपालले पुर्याएको योगदानबारे राष्ट्रसंघ सकारात्मक छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 531
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

    संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी भई इटालीको रोमबाट फर्कने क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्र संघका महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।



    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले संयुक्त राष्ट्र संघका महासचिव गुटेरससँग विश्व शान्ति स्थापनामा नेपालले पुर्याएको योगदानको बारेमा गहन छलफल भएको भन्दै छिट्टै नेपाल भ्रमणमा आउने बताए ।



    प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघका महासचिव गुटेरससँग रोममा साइडलाइन भेटवार्ता गरेका थिए ।

    सो भेटमा नेपाल–संयुक्त राष्ट्रसंघ सम्बन्ध, विश्वशान्ति स्थापानामा नेपालले पुर्याएको योगदान, जल वायु परिवर्तन, खाद्य सुरक्षा लगायत विषयमा छलफल सकारात्मक छलफल भएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार