Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • स्वास्थ्यमन्त्री बस्नेत भन्छन् – समाजसेवाको नाममा फाइदा लिने मानिसबाट काम हुँदैन

    स्वास्थ्यमन्त्री बस्नेत भन्छन् – समाजसेवाको नाममा फाइदा लिने मानिसबाट काम हुँदैन

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 708
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवाका नाममा फाइदा लिने मानिसहरूले समाजका लागि काम नलाग्ने बताएका छन् ।

    शुक्रबार ५८ औँ रक्तसञ्चार सेवा दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका स्वास्थ्यमन्त्री बस्नेतले यस्तो बताएका हुन् ।



    उनले जनसेवा गर्ने संकल्प लिएकाहरू मात्रै समाजसेवामा राम्रो हुने भन्दै नेपाल रेडक्रस सोसाइटी वा रक्तसञ्चार केन्द्रले आफ्नो क्षेत्रबाट गरेको कामहरू महत्त्वपूर्ण रहेको जिकिर गरे ।



    उनले देशमा अप्ठ्यारो परेको बेलामा र रगत चाहिएको बेलामा आवश्यक रगत उपलब्ध गराउनु महत्त्वपूर्ण हुने उल्लेख गर्दै देशमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्नेमा जोड दिए ।

    स्वास्थ्यमन्त्री बस्नेत भने, ‘समाजसेवामा फाइदा लिने मानिसहरूबाट काम छैन । जनसेवा गर्ने संकल्प लिएकाहरू मात्रै यो क्षेत्रमा ठिक हुन्छ । त्यसकारण नेपाल रेडक्रस सोसाइटी वा रक्तसञ्चार केन्द्र जुनजुन क्षेत्रबाट भएपनि आजसम्म यो देशमा अप्ठ्यारो परेको बेलामा, रगत चाहिएको बेलामा दिँदै आएको छ ।’

    उनले कामहरू जति पवित्र हुन्छन् त्यत्ति धेरै गुनासो आउने बताए । स्वास्थ्य क्षेत्रको सुधारका लागि आफुले प्रयास थालेको पनि मन्त्री बस्नेले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार