Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – राजनीतिक उद्देश्यका लागि राजीनामा माग्ने संस्कार राम्रो होइन

    प्रधानमन्त्री प्रचण्डले भने – राजनीतिक उद्देश्यका लागि राजीनामा माग्ने संस्कार राम्रो होइन

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 453
    SHARES

    काठमाडौं । इटाली भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक उद्देश्यका निम्ति राजीनामा माग्नु राम्रो नभएको बताएका छन् ।

    इटालीको रोमबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘राजनीतिक उद्देश्यका निमित्त प्रधानमन्त्रीको राजीनामा मागिहाल्ने‍ ,अर्थमन्त्रीको राजीनामा मागिहाल्ने, गृहमन्त्रीको राजीनामा मागि हाल्ने संस्कार बस्न खोज्या छ । राजीनामा दिने भए देऊ नत्र सदन चल्दैन भन्नु राम्रो होइन ।’



    उनले पछिल्लो समय राजनीतिक उद्देश्यका निम्ति प्रधानमन्त्री,गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नु दुखद भएको बताए ।

    उनले विमानस्थलबाट बरामद भएको सुन र पछिल्लो राजनीतिक परिस्थितिलगायतको विषयमा उपप्रधानमन्त्री, मन्त्रीहरूसँग कुरा गरेर मात्र भन्न सक्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार