काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र गणतन्त्र कोरियाका राजदूत पार्क टियोङबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच बिहीबार जङ्गी अड्डास्थित प्रधान सेनापतिको कार्यकक्षमा भेटवार्ता भएको हो ।
भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।
यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाको छ ।
Leave a Reply