Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • जातीय विभेद मुद्दामा ताराप्रसाद एक लाख धरौटीमा छुटे

    जातीय विभेद मुद्दामा ताराप्रसाद एक लाख धरौटीमा छुटे

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 654
    SHARES

    दाङ । जातीय विभेद मुद्दामा पक्राउ परेका घोराही उपमहानगरपालिका–१७ का ६८ वर्षीय ताराप्रसाद पोखरेल धरौटी बुझाएर तारेखमा छुटेका छन् ।

    जिल्ला अदालत दाङले ताराप्रसादलाई एक लाख धरौटीमा छोड्न आदेश गरेपछि तोकिएको धरौटी बुझाएर उनी छुटेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ का २३ वर्षीय महेन्द्र विकसहित उनका परिवारका सदस्यलाई दलित भन्ने थाहा पाएपछि ताराप्रसादले कोठा भाडा दिएको तीन दिनपछि असार १५ गते जबरजस्ती घरबाट निस्कन उर्दी जारी गरेका थिए ।



    प्रहरीले असार १६ गते ताराप्रसादलाई नियन्त्रणमा लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार