Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट करिब ५८ ग्रामको ब्रासलेटसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

अवैध रूपमा भन्सार छलेर लैजान लागेको करिब ५८ ग्राम पहेँलो धातुको ब्रासलेटसहित ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो पक्राउ परेका हुन् ।

हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका सिराजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा प्रहरीले जाँच गरेको थियो ।

जाँच गर्ने क्रममा उक्त ब्रासलेट बरामद भएपछि प्रहरीले भारतीय नागरिक सिराजलाई पक्राउ गरेको जनाएको छ । उनीमाथि थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077