कैलाली । कैलालीमा लागु औषधसहित दुईजना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई गोदावरी नगरपालिका ८ स्याउलेबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बजारमा चम्फा ट्याक्टरको पाट पुर्जाको पसल सञ्चालक धनगढी उप-महानगरपालिका-५ हसनपुर घर बताउने ३२ वर्षीय सरद चौधरी र जेएसके फेन्सी स्टोर पसल सञ्चालक ३२ वर्षीय मधुसुदन पन्त रहेको प्रहरी नायव उपरीक्षक गणेश बरालले जानकारी दिए ।
उनका अनुसार चौधरीको साथबाट शुद्ध तौल ६ ग्राम ७९० मिलिग्राम र पन्तको साथबाट २४० मिलिग्राम लागु औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको छ । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply