Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा अध्यक्ष लिङ्देनको प्रस्ताव - प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गरौँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले संघमा दुई वटा सदनको आवश्यक नभएको भन्दै  राष्ट्रिय सभा र प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन्।

बिहिबार कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरुलाई उपहार दिने क्रममा दोलखाबाट आएको टोलीलाई धुम्बाराहीमा भेट गर्ने क्रममा उनले यस्तो प्रस्ताव अघि सारेका हुन्।

उनले प्रतिनिधि सभा भइसकेपछि राष्ट्रिय सभाको औचित्य नभएको भन्दै खारेज गर्नुपर्ने र प्रदेश संरचनाको पनि काम नरहेको जिकिर गरे । उनले वडा तहदेखि प्रतिनिधि सभासम्मका सदस्यहरु कटौति गरेर खर्च कम गर्नुपर्नेमा जोड दिए ।

नेपालको स्थायित्वका तीन पिल्लरमध्ये राजसंस्था र हिन्दु राष्ट्र हटाइएको र अन्तिम खम्बाको रुपमा रहेको नेपाली सेनामाथि पनि आक्रमणको प्रयास भइरहेको लिङ्देनको दाबी छ।

त्यस्तै, शैलुङ गाउँपालिकाका किसानले दिएको आलु उपहार लिँदै अध्यक्ष लिङ्देनले कृषिमा रु एक खर्बभन्दा अनुदान गए पनि खास किसानमा पुग्न नसक्नु दुःखद् भएको भन्दै किसानको समस्यामा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077