Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले गरे रोममा रहेको ओलम्पिक रङ्गशालाको अवलोकन

    प्रधानमन्त्री प्रचण्डले गरे रोममा रहेको ओलम्पिक रङ्गशालाको अवलोकन

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 624
    SHARES

    काठमाडौं । तीन दिने इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को अवलोकन गरेका छन्।

    प्रधानमन्त्री प्रचण्डले बिहिबार ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गर्दै उक्त रङ्गशालाका बारेमा केहि जिज्ञाशा राखेका थिए ।



    ७० हजार दर्शक अट्ने सो रङ्गशालामा उनले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्षलगायतको अवलोकन गरेका थिए ।



    रङ्गशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई त्यहाँका अधिकारीहरुले सम्पूर्ण जानकारी गराए । फुटबल, रग्बी र एथलेटिक्सका खेलहरु हुने उक्त रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो ।

    प्रधानमन्त्री प्रचण्ड साउन १२ गते नेपाल फर्किने छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार