Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सुन तस्करी प्रकरण

    लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा राजस्व अनुसन्धान विभागको छापा

    लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा राजस्व अनुसन्धान विभागको छापा

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । राजस्व अनुसन्धान विभागले लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा छापा मारेको छ ।

    अवैध सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा विभागले छापा मारेको हो ।



    सशस्त्र प्रहरी बलको सहयोगमा विभागले घरलाई अहिले शिल गरेको छ । तर, त्यसमा सुन नभेटिएको राजस्व अनुसन्धान विभाग स्रोतले बतायो ।



    एक क्विन्टल सुन बरामद भएको घटनाको छानबिनका क्रममा एक चिनियाँ, एक भारतीय, भन्सार कर्मचारी एजेन्टलगायतका १७ जना पक्राउ परिसकेका छन् ।

    बुधबार बैंक ठगी, सेयर घोटाला र हुन्डीमा विवादित व्यापारी राजेशकुमार अडुकियाको घरमा छापा मारेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार