Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • विमानस्थलका कर्मचारीलाई अर्थमन्त्रीले भने- कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नू

    विमानस्थलका कर्मचारीलाई अर्थमन्त्रीले भने- कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नू

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 672
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् ।

    बिहिबार विमानस्थल अनुगमनपछि मन्त्री डा. महतले आगामी दिनमा कुनै पनि बहानामा वा कुनै पनि तवरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गरेका हुन् ।



    उनले अपराध र तस्करी गर्ने मनसाय भएका व्यक्तिले नयाँ-नयाँ प्रविधिको प्रयोग गर्ने भन्दै त्यहाँ जडित प्रविधिलाई पनि समयअनुकूल स्तरोन्नती गर्नुपर्ने उनको भनाइ छ । प्रविधिलाई स्तरोन्नती गर्नका लागि चाहिने कुराहरुमा पनि अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने मन्त्री महतले बताए ।



    अर्थमन्त्री डा. महतले भने ‘अराइभलदेखि डिपार्चर र कार्गो क्षेत्र सबैमा अनुगमन भयो, काम कसरी भइरहेको छ भन्ने हेरिएको छ । सम्बन्धित निकायको समन्वयकारी भूमिका भएमा खण्डमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ ।’

    साथै मन्त्री महतले विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच राम्रो समन्वय भए अपराध न्यूनिकरण हुने जिकिर गरे । त्रिभुवन विमानस्थल भन्सारबाट क्विन्टल सुन कसरी बाहिरिन सफल भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार