Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषदमा पुगिसकेको छ : सञ्चारमन्त्री शर्मा

    राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषदमा पुगिसकेको छ : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 996
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषदमा पुगिसकेको बताएकी छिन्।

    बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले साइबर सुरक्षा पोलिसी बनाएर क्याविनेट पठाइएको र अब केही दिनमै मन्त्रिपरिषद्ले पारित गरेर नीति बन्ने बताएकी हुन्।



    अहिले नेपालमा सूचना प्रविधिको विकास अनुरुपको नीति बन्न नसकेको भन्दै विद्युतीय तथ्यांकहरुको सुरक्षा भण्डारण र उपयोग समेतलाई व्यवस्थित बनाउन विद्युतीय तथ्यांक सुरक्षा नीति ल्याउन लागिएको बताईन् ।



    मन्त्री शर्माले भनिन्, ‘साइवर सुरक्षा पोलिसी बनाएर क्याविनेट पठाएका छौँ र क्याविनेटमा छिटै त्यो नीति बन्ने छ। अहिले के भइरहेको छ भने सूचना र प्रविधि क्षेत्र अगााडि अगाडि हाम्रा नीति नियम र काम पछाडि पछाडि जस्तो जुन अवस्था भएको छ, यसको हामी अन्त्य गर्न खोज्दैछौँ।’

    उनले सूचना प्रविधि नेपालमा सबैभन्दा तीव्र गतिमा विकास भइरहेको तर यसलाई नियमन गर्ने गतिलो कानुन नहुँदा गलत प्रयोग हुने गरेको भन्दै नयाँ पिढीलाई यसको सकरात्मक सहयोग लिन सक्ने गरी विकास गर्न र सरकारले यस क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक रहेको उल्लेख गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार