Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडाैं महानगरले भन्याे- तोकिएको समयमा कर बुझाउनू

काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएको समयमा व्यवसायिक कर बुझाउन आग्रह गरेको छ ।

महानगरपालिकाको राजस्व विभागले बिहिबार सूचना जारी गर्दै तिर्न-बुझाउनपर्ने सम्पत्ति कर-बहाल कर-व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको हो ।

सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्तसम्म तिरेमा चालु आर्थिक वर्षको कर रकमको १० प्रतिशत छुट हुने सूचनामा उल्लेख छ ।

यसैगरी महानगर क्षेत्रभित्र सञ्चालन भएका होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा भाडामा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेको करदाताको हकमा बक्यौतासहितको सम्पत्ति कर सम्वत् २०८० पुस मसान्तभित्र चुक्ता गरेमा थप ३० प्रतिशत छुट सुविधा रहेको सूचनामार्फत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077