एजेन्सी । रुसी रक्षामन्त्री सर्गेई सोइगुको नेतृत्वमा रुसी प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ ।
कोरियाली युद्ध समाप्त भएको ७० वर्ष पूरा भएको अवसरमा आयोजना हुने कार्यक्रममा उनी सहभागी हुनेछन्।
सोइगु कोभिड महामारीपछि उत्तर कोरिया भ्रमण गर्ने पहिलो कूटनीतिज्ञ हुन्।
महामारीको समयमा उत्तर कोरियाले आफ्नो सीमाना बन्द गरी कडा प्रतिबन्धहरू लगाएको थियो । यस अवधिमा उत्तर कोरियाले खाद्यान्न र औषधीको निर्यातसमेत बन्द गरेको थियो ।
Leave a Reply